पर्सा — नेकपा एमाले पर्सागढी नगरपालिका वडा नम्बर–१ मानवामा निर्वाचन लक्षित वडा भेला सम्पन्न भएको छ। भेलामा फागुन २१ गतेको
निर्वाचनमा उम्मेदवार रिमा कुमारी यादवलाई बहुमतका साथ विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।
भेलालाई सम्बोधन गर्दै उम्मेदवार यादवले देशको समग्र विकासका लागि नेकपा एमालेको विकल्प नभएको बताउनुभयो। उहाँले महिला, बालबालिका, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाले यस अघिका जन प्रतिनिधि ले काम नगर्दा यो छेत्र पछि परेको दाबी गरिन।
भेलामा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, नेतृ सिता लामा लगायतका वक्ताले आ–आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
Post Views: 86
















