२०८२ फाल्गुन १९ गते मंगलवार

असफल ठानिएका कामलाई सफल बनाउने नेतृत्वको कदर: ग्रिनसिटी अध्यक्ष जय प्रकाश खेतान सशस्त्र प्रहरीद्वारा सम्मानित

 

वीरगञ्जमा असम्भव मानिएका कामहरूलाई छोटो अवधिमै सम्भव बनाएर उदाहरणीय नेतृत्व प्रस्तुत गरेको भन्दै ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान सम्मानित हुनुभएको छ।

वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा सरसफाइ, हरियाली प्रवर्द्धन तथा मैत्री पुल क्षेत्रको सीमा सौन्दर्यकरण अभियानमा संयोजकका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साले खेतानलाई सम्मान गरेको हो। उक्त अभियानमा वीरगञ्ज महानगरपालिकाको समेत सक्रिय सहकार्य रहेको थियो।

वातावरणमैत्री शहर निर्माणमा खेतानले पुर्‍याएको योगदानको कदर गर्दै तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले प्रशंसा–पत्रमा हस्ताक्षर गर्नुभएको थियो। तर सो समयमा अध्यक्ष खेतान मुलुक बाहिर रहेका कारण सम्मान तत्काल हस्तान्तरण हुन नसकेको जनाइएको छ।

हालै पर्साका नवनियुक्त सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीले खेतानलाई दोसल्ला ओढाई प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो। सम्मान कार्यक्रममा उपरीक्षक क्षेत्रीले खेतानको नेतृत्व क्षमता र समाजसेवाप्रतिको सक्रियताको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि वातावरण संरक्षण तथा सामाजिक सेवामा निरन्तर सक्रिय रहन शुभकामना व्यक्त गर्नुभयो।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM