२०८२ फाल्गुन १९ गते मंगलवार

एमाले पर्साको बृहत् कार्यकर्ता भेलाले पर्सा–३ मा चुनावी माहोल तात्यो, रूपेश कुमार पाण्डेप्रति जनविश्वास बढ्दो

 

नेकपा एमाले पर्सा जिल्लाको आयोजनामा सम्पन्न बृहत् कार्यकर्ता भेलाले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी माहोल थप तातेको छ। भेलामा परिवर्तनका संवाहक तथा भरोसायोग्य युवा उम्मेदवार रूपेश कुमार पाण्डेको सशक्त उपस्थितिले नेता–कार्यकर्ता उत्साहित देखिएका छन्।
भेलालाई सम्बोधन गर्दै उम्मेदवार पाण्डेले नेकपा एमालेमाथि भइरहेको चौतर्फी षड्यन्त्रलाई परास्त गर्न एकताबद्ध संघर्ष अपरिहार्य रहेको स्पष्ट पार्नुभयो। उहाँले मुलुकलाई राजनीतिक स्थायित्व, सुशासन र दिगो विकासको बाटोमा अघि बढाउन एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै पार्टीका उम्मेदवारहरूलाई भारी मतले विजयी गराउन कार्यकर्ताहरूसँग आह्वान गर्नुभयो।

कार्यक्रम जिल्ला अध्यक्ष विश्वम्भर शर्माको अध्यक्षता तथा **नेकपा एमाले केन्द्रीय कमिटीका उपाध्यक्ष एवं पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’**को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। भेलामा हजारौँको संख्यामा नेता–कार्यकर्ता सहभागी भएका थिए। सो अवसरमा जसपा लगायत विभिन्न दल परित्याग गरी ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गर्नुले पर्सामा एमालेप्रतिको जनविश्वास अझ सुदृढ हुँदै गएको संकेत गरेको छ।

प्रमुख अतिथि थापा ‘बादल’ले सम्बोधन गर्दै सक्षम, इमानदार र जनउत्तरदायी उम्मेदवार एमालेको बलियो आधार भएको बताउनुभयो। उहाँले आगामी निर्वाचनमा एमालेले पर्सामा निर्णायक जित हासिल गर्ने दाबी गर्नुभयो।पर्सा–३ मा अब राजनीतिक विकल्पको खोजी समाप्त हुँदै गएको जनधारणा बलियो बन्दै गएको देखिन्छ। विकास, राष्ट्रियता र स्थायित्वको स्पष्ट भिजनसहित चुनावी मैदानमा उत्रिएका रूपेश कुमार पाण्डे आज पर्सा–३ का जनताको भरोसाको केन्द्र बन्दै गएका छन्।

“पर्सा–३ मा विकल्प छैन, भरोसाको नाम एक मात्रै— रूपेश कुमार पाण्डे” भन्ने नारा कार्यकर्ता मात्र होइन, जनस्तरसम्म गहिरिँदै गएको छ। परिवर्तन चाहने जनताको रोजाइ आज स्पष्ट रूपमा नेकपा एमाले र रूपेश कुमार पाण्डे बनेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM