२०८२ फाल्गुन १९ गते मंगलवार

पर्सा–२ मा जसपाका उम्मेदवार अशोक कुमार टेमानीको घरदैलो तीव्र, युवाहरूको उत्साहपूर्ण स्वागत

 

पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक कुमार टेमानीले आज घरदैलो कार्यक्रम अन्तर्गत पर्सा गढी नगरपालिका वडा नं. ३ को बिरुवा टोलमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ।

घरदैलो अभियानका क्रममा स्थानीय युवा भाइहरूद्वारा उम्मेदवार टेमानीको उत्साहपूर्वक स्वागत गरिएको थियो। युवाहरूले फूलमाला, नारा र आत्मीय अभिवादनसहित स्वागत गर्दै परिवर्तनको अपेक्षा व्यक्त गरेका थिए।
कार्यक्रमका क्रममा उम्मेदवार टेमानीले स्थानीयवासीसँग छलफल गर्दै उनीहरूका समस्या, आवश्यकता र अपेक्षाहरू सुन्नुभएको थियो।

उहाँले क्षेत्रको विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य तथा युवाको भविष्य सुरक्षित बनाउने विषयलाई आफ्नो प्राथमिक एजेन्डा रहेको बताउनुभयो। जनताको भावना र आवाजलाई संसदसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै टेमानीले यस निर्वाचनलाई परिवर्तनको अवसर का रूपमा लिन आग्रह गर्नुभयो।

स्थानीय युवाहरूले टेमानीलाई सरल, जनमुखी र विकासप्रति प्रतिबद्ध नेता को रूपमा लिँदै आगामी निर्वाचनमा समर्थन जनाउने संकेत गरेका छन्। घरदैलो कार्यक्रमले पर्सा–२ मा जसपाको चुनावी गतिविधि थप सक्रिय र प्रभावशाली बन्दै गएको देखिएको छ।चुनाव नजिकिँदै जाँदा उम्मेदवार टेमानीको जनसम्पर्क अभियान तीव्र बन्दै गएको छ भने स्थानीयस्तरमा उहाँप्रतिको आकर्षण र भरोसा बढ्दै गएको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM