२०८३ बैशाख २६ गते शनिबार

जसपाका केन्द्रीय सदस्य मुकेश द्विवेदी सहित नेता एमाले प्रवेश, योगेश भट्टराईले गरे स्वागत

 

ठाकुरराम क्याम्पसका पूर्व सभापति तथा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य तथा युवा नेता मुकेश द्विवेदी सहितका नेताहरू शुक्रबार नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

नेकपा (एमाले) वीरगंज महानगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा द्विवेदीसँगै वीरगंज महानगरपालिका वडा नम्बर ९ का पूर्व वडा अध्यक्ष तथा जसपा नेपालका नेता मनोज कलवार र वडा नम्बर ३ का पूर्व वडा सदस्य तथा वीरगंज न्यायिक समितिका पूर्व सदस्य तुफैल अख्तर लगायतका नेताहरू नेकपा (एमाले) मा प्रवेश गरेका थिए।

उनीहरूले नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव योगेश भट्टराईबाट टीका तथा माला ग्रहण गर्दै पार्टी प्रवेश गरेका थिए। कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य विजय सरावागी, समानुपातिक उम्मेदवार बिचारी यादव, पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार रिमा कुमारी यादव, नेता मनोज कुशवाहा, लियाकत अली, पिन्टु उपाध्याय लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM