२०८२ फाल्गुन २१ गते बिहीबार

जनताको दुःख–सुखका सारथी बने एमाले नेता प्रदीप यादव पर्सामा बढ्दो जनविश्वास, स्थानीयले दिए “जनसेवक नेता” को सम्मान

पर्सा जिल्लामा पछिल्लो समय नेकपा (एमाले) का नेता प्रदीप यादव जनतामाझ तीव्र रूपमा लोकप्रिय बन्दै गएका छन्। जनताको दुःख–सुखमा सधैं साथ दिने, समस्या सुन्ने र समाधानका लागि निरन्तर सक्रिय रहने भूमिकाका कारण स्थानीयवासीहरूले उनलाई “जनसेवक नेता” को रूपमा चिनाउन थालेका हुन्।

स्थानीय नागरिकहरूका अनुसार प्रदीप यादव चुनावी समयमै मात्र सीमित नरही वर्षभरि गाउँ–टोलमा पुगेर जनताको वास्तविक समस्या बुझ्ने र समाधानका लागि पहल गर्दै आएका छन्। शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सरसफाइ तथा अन्य आधारभूत सेवासुविधाको पहुँच विस्तारमा उनले देखाएको सक्रियता प्रशंसनीय रहेको स्थानीयको भनाइ छ।

विशेषगरी युवाहरू, किसान, मजदुर तथा सर्वसाधारणका हकहितका विषयमा उनले निरन्तर आवाज उठाउँदै आएको जनाइएको छ। कुनै पनि समस्या पर्दा “नेता भेटिँदैन” भन्ने पुरानो गुनासो हटाउँदै, जनतासँग प्रत्यक्ष संवाद गर्ने र समयमै सहयोग पुर्‍याउने उनको कार्यशैलीले उनी जनतामाझ अझ नजिकिएका छन्।

स्थानीय नागरिकहरू भन्छन्,“प्रदीप यादव केवल भाषण गर्ने नेता होइनन्, उहाँ काम गरेर देखाउने नेता हुनुहुन्छ। जनताको पीडा बुझ्ने र समाधानमा जुट्ने भएकाले उहाँप्रति हाम्रो विश्वास बलियो बन्दै गएको छ।”
जनताको सेवा, सहभागिता र विकासप्रतिको दृढ प्रतिबद्धताका कारण प्रदीप यादवलाई पर्साका विभिन्न स्थानमा सम्मानपूर्वक “जनसेवक नेता” भनेर सम्बोधन गर्न थालिएको छ। आगामी दिनमा पनि उनले जनअपेक्षा अनुसार अझ प्रभावकारी भूमिका खेल्ने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM