२०८२ फाल्गुन २१ गते बिहीबार

वीरगन्ज–२५ सिर्सियामा रास्वपा उम्मेदवार सुशील साह कानुको घरदैलो अभियान तीव्र

 

वीरगन्ज, पर्सा — पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील साह कानु ले वीरगन्ज महानगरपालिका वडा नं. २५ सिर्सियामा व्यापक चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो अभियानका क्रममा उम्मेदवार कानुले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा र अपेक्षाहरू सुने। सिर्सिया क्षेत्रका सडक, खानेपानी, सरसफाइ, रोजगारी, शिक्षा तथा स्वास्थ्य सेवासम्बन्धी विषयहरू स्थानीयले प्रमुख रूपमा उठाएका थिए।

उम्मेदवार कानुले जनतासँग संवाद गर्दै पुरानो शैलीको राजनीति अन्त्य गरी पारदर्शी, जवाफदेही र समाधानमुखी राजनीति नै आफ्नो मुख्य एजेन्डा रहेको बताए। “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो। राजनीतिलाई सेवाको माध्यम बनाउने मेरो प्रतिबद्धता हो,” उनले भने।

घरदैलो अभियानमा सहभागी स्थानीयहरूले सुशील साह कानुको सरल स्वभाव, स्पष्ट विचार र स्वच्छ छवाप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आगामी निर्वाचनमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्। विशेषगरी युवा तथा पहिलोपटक मतदाता समूहमा कानुप्रति आकर्षण बढ्दै गएको देखिएको छ।

कार्यक्रममा रास्वपाका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अभियानका क्रममा पार्टीका कार्यकर्ताहरूले सुशासन, रोजगारी, भ्रष्टाचारविरुद्धको अभियान र जनउत्तरदायी नेतृत्व का नारा सहित प्रचार–प्रसार गरेका थिए।

रास्वपा उम्मेदवार सुशील साह कानुले आगामी दिनहरूमा पर्सा–२ का अन्य वडाहरूमा समेत घरदैलो कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिँदै जनताकै बीचमा रहेर निर्वाचन अभियान अघि बढाउने बताए

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM