२०८२ फाल्गुन २३ गते शनिबार

उपकार सेवा नेपालको सहयोगमा मनमिश्रा आधारभूत विद्यालय टेढा सेमरामा कार्पेट हस्तान्तरण

 

बिरगंज महानगरपालिका वडा नं. ३२ अन्तर्गत टोल टेढामा अवस्थित श्रीमति मनमिश्रा आधारभूत विद्यालय, टेढा सेमरा, बिरगंज–३२ मा अध्ययनरत ९८ जना बालविकास तहका विद्यार्थी (बाबुनानी) हरूलाई लक्षित गर्दै कक्षाकोठामा बस्ने सुविधाका लागि कार्पेट हस्तान्तरण गरिएको छ।

उपकार सेवा नेपाल को सम्पूर्ण आर्थिक सहयोगमा विद्यालयका दुई वटा कक्षाकोठाको भुइँमा ६३० स्क्वायर फिट क्षेत्रफल बराबरका कार्पेट ओछ्याइएका हुन्। भुइँमै बसेर अध्ययन गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै एक विशेष कार्यक्रमको आयोजना गरी कार्पेट विद्यालयलाई हस्तान्तरण गरिएको हो।

हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजाराम साह, उपकार सेवा नेपालको तर्फबाट अध्यक्ष बिद्या कुमारी सरावगी, संरक्षक पद्मा देवी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारू लगायत विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थी भाइबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले बालविकास तहका विद्यार्थीहरूको पठनपाठन वातावरण सहज र सुरक्षित बनाउन यस्ता सहयोगात्मक कार्यले ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। विद्यालय प्रशासनले उपकार सेवा नेपालप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको बताएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM