पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा (एमाले) का प्रतिनिधिसभा उम्मेदवार रुपेश पाण्डे स्पष्ट एजेन्डा, सुशासनप्रतिको दृढ अडान र विकासको ठोस खाकासहित चुनावी मैदानमा उत्रिएका छन्। “सुशासन र विकास, एमालेको पहिचान” भन्ने नारा अब पर्सा–३ मा केवल नारा मात्र नभई जनअपेक्षाको प्रतिबिम्ब बन्दै गएको देखिन्छ।
लामो समयदेखि अस्थिरता, अवसरवाद र खोक्रा भाषणबाट आजित मतदाता अब परिणाममुखी नेतृत्वको खोजीमा छन्। यही जनचाहनालाई आत्मसात गर्दै एमालेले पर्सा–३ बाट स्पष्ट दृष्टिकोण, स्वच्छ छवि र सशक्त संगठनात्मक क्षमताका धनी उम्मेदवारका रूपमा रुपेश पाण्डेलाई अघि सारेको छ।
चुनावी अभियानका क्रममा पाण्डेले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, स्थानीय विकासलाई प्राथमिकता, युवा रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा जनताको दैनिक समस्यामा प्रत्यक्ष हस्तक्षेप गर्ने प्रतिबद्धता दोहोर्याइरहेका छन्। उनका कार्यक्रमहरूमा देखिएको व्यापक जनसहभागिता र उत्साहले पर्सा–३ मा एमालेप्रतिको विश्वास झन् मजबुत बन्दै गएको संकेत गर्छ।
राजनीति सत्ता र सौदाबाजीको माध्यम होइन, सेवा र जिम्मेवारी हो भन्ने मान्यतालाई व्यवहारमा उतार्न सक्ने उम्मेदवारको खोजीमा रहेका मतदाताका लागि रुपेश पाण्डे आज विश्वसनीय विकल्पका रूपमा उभिएका छन्।
निरन्तर चलिरहेको घरदैलो कार्यक्रम र मतदाता भेटघाटका क्रममा पाण्डेको पक्षमा जनसमर्थन सुनामीझैँ बढ्दै गएको देखिन्छ। गाउँ–टोल र बस्तीमा पुग्दा मतदाताको एउटै स्पष्ट भनाइ छ—“पर्सा–३ मा रुपेश पाण्डेको कुनै विकल्प छैन।”
यही जनसमर्थनका कारण बिपक्षीहरू आत्तिएका र षड्यन्त्रको सहारामा उत्रिएको आरोप पनि स्थानीय स्तरमा उठ्न थालेको छ। तर पाण्डेविरुद्ध रचिएका हरेक षड्यन्त्रलाई जनताकै विवेकले चकनाचुर बनाउँदै लगेको बुझिन्छ। समग्रमा, पर्सा–३ मा रुपेश पाण्डे सुशासन र विकासको बलियो विकल्पका रूपमा स्थापित हुँदै गएका छन्।









