पर्सा क्षेत्र नम्बर -१ को जनमत पार्टीको तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फ वीरगन्ज वडा नम्बर -२३ इटियाही,प्रसौनीमा घरदैलो,भेटघाट तथा संवाद गरेका छन्। भेटघाटको क्रममा नेता सरार्फले सयौं बलिदानीबाट प्राप्त संघीयता ,समावेशीता र मधेसको स्वभिमान जोगाउन जनमत पार्टीलाई जिताउनु पर्नेमा जोड दिए।
संघीयता र मधेस बिरोधि शक्तिहरुलाई परास्त गरि मधेस र मधेसीको समग्र उत्थानको अभियानमा हातेमालो गर्न सबैमा आह्वान गरेका छन् ।देश र मधेसको निकासको उत्कृष्ट विजन जनमत पार्टी र डा सिके राउत संग मात्रै रहेकोले हर्न छापमा मतदान गर्न सबैमा अपिल गरे।
कार्यक्रममा नेताहरू बिध्यालाल प्रसाद, रम्भा मिश्रा, डा. मनोज कुमार,समानुपातिक उम्मेदवार बिजय पासवान,भुपेन्द्र साह, ,सिए देवराज,महादेव शर्मा,निराजन कुशवाहा, सहनवाज राकि, अजित सिह, मन्जय शर्मा,सुमित सिह ,रामबहादुर पासवान, सन्तोष पासवान लगायतको सहभागीता रहेको थियो।









