२०८२ फाल्गुन १९ गते मंगलवार

युवा नेता झा कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा मनोनित

 

वीरगञ्ज । पर्साका युवा नेता कञ्चन झा नेपाली कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा मनोनित भएका छन्। पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै झालाई महत्वपूर्ण जिम्मेवारी दिएको हो।

पार्टीका केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक तथा प्रवक्ता देवराज चालिसेले झालाई मनोनयन पत्र प्रदान गरेका हुन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस उम्मेदवारलाई विजयी गराउने र समानुपातिकतर्फको मत वृद्धि गर्ने रणनीतिअनुसार प्रचार–प्रसार अभियानलाई प्रभावकारी बनाउन झालाई समितिमा समावेश गरिएको जनाइएको छ ।

पछिल्लो समय पर्सा क्षेत्रमा सक्रिय रूपमा संगठन विस्तार र युवालाई पार्टीसँग जोड्ने काममा लाग्दै आएका झालाई केन्द्रीय तहमा जिम्मेवारी दिइनुलाई कांग्रेसभित्र युवा नेतृत्वको विश्वासका रूपमा हेरिएको छ ।

मनोनयनपछि झाले पार्टीले दिएको जिम्मेवारी इमान्दारी र सक्रियताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आगामी निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सशक्त प्रचार अभियान सञ्चालन गर्ने बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM