२०८२ फाल्गुन १९ गते मंगलवार

पर्सा–२ मा नेपाली कांग्रेसका अजय कुमार चौरसियाको घरदैलो अभियान : चैनपुर–६ मा जनताको उत्साहजनक सहभागिता

 

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिका–६, चैनपुरमा नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार अजय कुमार चौरसियाको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

घरदैलो अभियानका क्रममा उम्मेदवार चौरसियाले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै उनीहरूको समस्या, सुझाव र अपेक्षाबारे जानकारी लिएका थिए। उहाँले विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयलाई प्राथमिकतामा राख्दै पर्सा–२ को समृद्ध भविष्य निर्माणका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “जनताको साथ र विश्वास नै नेतृत्वको सबैभन्दा ठूलो शक्ति हो। तपाईँहरूको सुझाव र साथ पाएर नै हामी पर्सा–२ लाई विकास र समृद्धिको दिशामा अगाडि बढाउन सक्छौँ।घरदैलोका क्रममा स्थानीयवासीहरूले क्षेत्रको सडक, खानेपानी, कृषि तथा युवाहरूको रोजगारीसम्बन्धी समस्या समाधानमा ध्यान दिन आग्रह गरेका थिए। चौरसियाले जनताको अपेक्षालाई नीति तथा कार्यक्रममा समेटेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Nepali Congress का तर्फबाट उम्मेदवार अजय कुमार चौरसियाले पर्सा–२ मा सुशासन, पारदर्शिता र समावेशी विकासलाई केन्द्रमा राखेर अगाडि बढ्ने योजना सार्वजनिक गर्नुभएको छ।घरदैलो कार्यक्रमले चैनपुर–६ क्षेत्रमा नेपाली कांग्रेसप्रति बढ्दो समर्थन र चुनावी माहोल थप सक्रिय बन्दै गएको संकेत गरेको स्थानीय नेताहरूले बताएका छन्। निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा–२ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको देखिन्छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM