समाज सेवामा सक्रिय रहँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता एवं समाजसेवी बृजेश्वर चौधरीले एक अति विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन्।वीरगञ्ज क्षेत्रमा बसोबास गर्दै आएका एक गरिब परिवारकी छोरीको बिहे हुन लागेको जानकारी पाएपछि चौधरीले आफ्नो तर्फबाट आवश्यक खाद्यान्न सामग्री सहयोग गरेका हुन्।
आर्थिक अभावका कारण विवाह व्यवस्थापनमा समस्या भोगिरहेको उक्त परिवारलाई सहयोग पुर्याउने उद्देश्यले चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य खाद्यान्न सामग्री प्रदान गरिएको उनले बताए।राजनीति मात्र नभई समाज सेवामा पनि सक्रिय रहनुपर्ने विश्वास व्यक्त गर्दै चौधरीले भने, “राजनीति त हुँदै गइरहेको छ, तर त्यससँगै समाज सेवामा पनि हामी सबैले हातेमालो गर्नुपर्छ। सानो सहयोगले पनि कसैको जीवनमा ठूलो राहत पुग्न सक्छ।
सहयोग प्राप्त गरेपछि परिवारका सदस्यहरूले चौधरीप्रति आभार व्यक्त गरेका छन्। उनले बिहे हुन लागेकी बहिनीको दाम्पत्य जीवन सुखमय र सफल होस् भनी भगवानसँग प्रार्थना समेत गरेका छन्।
स्थानीयहरूले चौधरीको यो सहयोगी कार्यको प्रशंसा गर्दै यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने बताएका छन्।








