२०८२ फाल्गुन २६ गते मंगलवार

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका वरिष्ठ नायब निरीक्षक गुणनिधि खकुरेलको भव्य बिदाई

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी वरिष्ठ नायब
निरीक्षक गुणनिधि खकुरेलको बिदाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। आज आयोजित एक विशेष कार्यक्रमका बीच जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा उक्त बिदाई कार्यक्रम सम्पन्न गरिएको हो।

खकुरेल विगत ३० महिनादेखि पर्सा जिल्लाको ट्राफिक व्यवस्थापनमा सक्रिय रूपमा सेवा दिँदै आएका थिए। मिलनसार र कर्तव्यनिष्ठ स्वभावका धनी खकुरेलले आफ्नो कार्यकालमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदै पर्सा जिल्लाका नागरिकहरूको शान्ति, सुरक्षा, सद्भाव र सेवामा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

उनको कार्यकालमा ट्राफिक सचेतना, सवारी व्यवस्थापन तथा नागरिकसँगको सहकार्यलाई प्राथमिकता दिँदै ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउने प्रयास गरिएको सहकर्मीहरूले बताएका छन्।
बिदाई कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुबेदी लगायत प्रहरी अधिकृत तथा कर्मचारीहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा खकुरेललाई टिका, माला र खादा लगाई मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक बिदाई गरिएको थियो। कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा कर्मचारीहरूले खकुरेलको आगामी कार्यकाल सफल रहोस् भनी शुभकामना व्यक्त गरेका छन। कार्यक्रम सहजीकरण जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी वरिष्ठ नायब
निरीक्षक अर्जुन सोडारीले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM