२०८२ फाल्गुन २७ गते बुधबार

गहवामाई डोली यात्राका लागि वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहलाई औपचारिक निमन्त्रणा

 

वीरगञ्जस्थित गहवामाई मन्दिर संचालक समितिले आगामी चैत्र १२ गते आयोजना हुने गहवामाई डोली यात्रामा सहभागी हुन राजेशमान सिंह लाई औपचारिक निमन्त्रणा दिएको छ।
मन्दिर संचालक समितिका अध्यक्ष नरेन्द्र शाह लगायतका पदाधिकारीहरूले महानगर प्रमुख सिंहको कार्यकक्षमा पुगेर भेटघाट गर्दै डोली यात्रामा सहभागी हुन निमन्त्रणा पत्र हस्तान्तरण गरेका हुन्।

उक्त अवसरमा समितिका पदाधिकारीहरूले गहवामाई डोली यात्रा वीरगञ्जको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको कार्यक्रम भएको उल्लेख गर्दै महानगर प्रमुखको उपस्थितिले कार्यक्रमको गरिमा अझ बढ्ने विश्वास व्यक्त गरेका थिए। उनीहरूले यस यात्रामा नगरवासी तथा भक्तजनहरूको ठूलो सहभागिता रहने अपेक्षा पनि व्यक्त गरे।

चैत्र १२ गते आयोजना हुने गहवामाई डोली यात्रामा भक्तजनहरू सहभागी भई माता गहवामाईको पूजा–आराधना गर्ने परम्परा रहँदै आएको छ। प्रत्येक वर्ष झैँ यस वर्ष पनि भव्य रूपमा डोली यात्रा निकालिने तयारी गरिएको मन्दिर समितिले जनाएको छ।

महानगर प्रमुख सिंहले पनि निमन्त्रणा ग्रहण गर्दै धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा महानगरको सदैव साथ रहने बताएका थिए। साथै, डोली यात्राको सफल आयोजनाका लागि शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM