पर्सा १ का संसद हरि पन्तले सपथ ग्रहण गर्न जानू अघि जेन्जी आन्दोलनको सहिद परिबार लाई भेटेका छन । आज सपथ ग्रहण गर्न जान अघि साम्सद पन्तले जेन्जी आन्दोलनका सहिद असाब आलम ठकुराइकि आमा नजला खातुन र भाइ मुराद आलम ठकुराइ संग सहिदको घरमै गएर भेट गरेका हुन ।
भेटको क्रममा पन्तले सहिद परिबार बाट एकजना लाई रोजगारीको लागि अब बन्ने सरकार संग पहल गर्ने बताए । उनले जेन्जी आन्दोलनकै कारण परिवर्तन सम्भब भएकोले जेन्जी आन्दोलनको सहिदहरुको बलिदानिको उच्च सम्मान गर्ने बताएका थिए । साम्सद पन्तले सहिद परिबार लाई दोसल्ला ओढाएर सम्मान समेत प्रकट गरेका थिए ।
जेन्जी आन्दोलनको क्रममा भाद्र २४ गते कोटेश्वरमा गोलि लागेको असाब आलम ठकुराइको घटना स्थलमै मृत्यु भएको थियो । सहिद आलमको परिबारमा श्रीमती बुबा आमा र भाइहरु छन ।
Post Views: 79








