२०८२ चैत्र ६ गते शुक्रबार

रेडियो धनुषा ९९.७ को वार्षिकोत्सवमा पत्रकार माधुरी महतो उत्कृष्ट महिला पत्रकारका रूपमा सम्मानित

 

रेडियो धनुषा ९९.७ मेगाहर्जले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा मधेस प्रदेशकी पत्रकार माधुरी महतोलाई उत्कृष्ट महिला पत्रकारका रूपमा सम्मानित गरेको छ। शुक्रबार आयोजित विशेष कार्यक्रममा नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्दै उनलाई सम्मान गरिएको हो।

धनुषाधाम नगरपालिका–३ मा आयोजित उक्त कार्यक्रममा पूर्वमन्त्री तथा सांसद मातृका प्रसाद यादवको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष सुरेश यादव र ग्रेटर मधेस मिडिया प्रालि तथा रेडियो धनुषाका अध्यक्ष मुकेश कुमार ठाकुरले संयुक्त रूपमा महतोलाई सम्मान प्रदान गरेका थिए।

रेडियो धनुषाका अध्यक्ष ठाकुरका अनुसार महतोलाई रेडियो तथा पत्रकारितामार्फत आवाजविहीन समुदायको आवाज नीति निर्माण तहसम्म पुर्‍याउन गरेको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको हो।
वीरगञ्जलाई कर्मथलो बनाएर विगत १८ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएकी महतो हाल ‘मधेस खबर’ अनलाइन पत्रिकाकी सम्पादक हुनुका साथै BBC Nepali Service मा समेत कार्यरत छिन्। रेडियो पत्रकारितामा करिब डेढ दशकको अनुभव बटुलेकी उनले यसअघि पनि विभिन्न दर्जनौं पुरस्कार प्राप्त गरिसकेकी छन्।

यसै अवसरमा धनुषाका पत्रकार विजय साह (गोरखापत्र दैनिक), सिरहाका मनिलाल बिक (नयाँ पत्रिका) तथा रेडियो मिथिलामा कार्यरत मनिष मैथिललाई पनि सम्मानित गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM