२०८२ चैत्र ९ गते सोमबार

अशोक कुमार टेमानीको निर्वाचन खर्च विवरण सार्वजनिक, १५ लाखभन्दा बढी खर्च देखियो

 

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार अशोक कुमार टेमानीको निर्वाचन खर्च विवरण सार्वजनिक गरिएको छ। अग्रवालाले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोग नेपाल द्वारा स्वीकृत आचारसंहिता अनुसार खर्च विवरण पेश गरेका हुन्।

जिल्ला निर्वाचन कार्यालय पर्सा मा पेश गरिएको अनुसूची–४१ अनुसार अग्रवालाले कुल १५ लाख २२ हजार २६६ रुपैयाँ खर्च गरेको उल्लेख गरिएको छ। उनी जनता समाजवादी पार्टी नेपाल का तर्फबाट उम्मेदवार बनेका थिए।

पेश गरिएको विवरण अनुसार सबैभन्दा बढी खर्च इन्धनमा ९ लाख ४६ हजार रुपैयाँ भएको छ। त्यस्तै प्रचार–प्रसार सामग्रीमा ४ लाख ६६ हजार ८९५ रुपैयाँ, सवारी साधन प्रयोगमा २ लाख ६१ हजार रुपैयाँ र सामाजिक सञ्जाल तथा विद्युतिय माध्यममा २ लाख ८८ हजार १५० रुपैयाँ खर्च गरिएको उल्लेख छ।

यसैगरी खाद्यान्न, रासन तथा पानीमा १ लाख ६४ हजार ७६० रुपैयाँ, कार्यालय सञ्चालन तथा प्रतिनिधि परिचालनमा ६४ हजार ८१७ रुपैयाँ, नमुना मतपत्र तथा स्टेशनरीमा २२ हजार ६५५ रुपैयाँ र विविध शीर्षकमा ६० हजार रुपैयाँ खर्च गरिएको जनाइएको छ। मतदाता नामावली खरिदमा ३ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।उक्त खर्च विवरण आकाश पटेलले निर्वाचन प्रतिनिधिको रूपमा २०८२ चैत ५ गते पेश गरेका हुन् भने जिल्ला निर्वाचन कार्यालयमा २०८२ चैत २ गते दर्ता गरिएको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM