२०८२ चैत्र ११ गते बुधबार

मारवाडी प्रिमियर लिग–३ को उपाधि गौरीशंकर हिटर्सलाई, रोमाञ्चक फाइनलमा अन्नपूर्ण टाइगर्स उप बिजेता

 

मारवाडी युवा मञ्च तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालित “मारवाडी प्रिमियर लिग–३” अन्तर्गत ११औँ दिनको फाइनल खेल वीरगञ्जस्थित आदर्शनगर रंगशालामा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको प्रतियोगिता फागुन २९ गतेदेखि सुरु भई चैत १० गते फाइनलसँगै सम्पन्न भएको हो। प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको थियो भने २३ खेल खेलाइएका थिए।

फाइनल खेलमा गौरीशंकर हिटर्स र अन्नपूर्ण टाइगर्सबीच कडा प्रतिस्पर्धा देखिएको थियो। अत्यन्त रोमाञ्चक बनेको खेलमा गौरीशंकर हिटर्सले १०.४ ओभरमा ३ विकेट गुमाउँदै १०३ रन बनाउँदै उपाधि जित्न सफल भयो। जवाफमा अन्नपूर्ण टाइगर्सले पनि १०.४ ओभरमै सबै विकेट गुमाउँदै १०२ रन मात्र बनाउन सकेपछि उपविजेतामा सीमित रहनुपर्‍यो।

प्रतियोगिताका विजेता गौरीशंकर हिटर्सले नगद ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता अन्नपूर्ण टाइगर्सले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।

ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको थियोे।भने कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,खेलाडीहरु,आम नागरिकहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे।

फाइनल खेल स्वर्गीय सुशील कुमार खेतान (टिपु)की आमा राज कुमारी खेतानको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास तथा युवाहरूमा खेलप्रति आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM