२०८२ चैत्र ११ गते बुधबार

जगरनाथपुरमा विपन्न परिवारलाई श्राद्ध कार्यका लागि सहयोग

 

जगरनाथपुर गाउँपालिकाका युवा नेता बृजेश्वर चौधरीले वडा नं. ५ का एक अति विपन्न परिवारलाई श्राद्ध कार्य सम्पन्न गर्न सहयोग गरेका छन्। आर्थिक अभावका कारण आवश्यक सामग्री जुटाउन समस्या भोगिरहेको उक्त परिवारलाई उनले व्यक्तिगत पहलमा करिब रु. ५,५०० बराबरको २५ केजी खाने तेल उपलब्ध गराएका हुन्।

स्थानीयका अनुसार सहयोग अभावमा श्राद्ध कार्य गर्न कठिनाइ भइरहेको अवस्थामा चौधरीको सहयोगले परिवारलाई ठूलो राहत पुगेको छ। यस कार्यले समाजमा सहयोग र सहकार्यको सकारात्मक सन्देश फैलाएको छ भने मानवीय संवेदनशीलता पनि झल्काएको छ।

बृजेश्वर चौधरीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि गरिब तथा असहाय व्यक्तिहरूका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “मसँग जे हुन्छ, म दिनरात गरिब असहायको लागि सहयोग गर्न तयार छु,” उनले भने।

यसै अवसरमा उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भगवानसँग स्वर्गमा स्थान प्राप्त होस् भनी प्रार्थना गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM