२०८२ चैत्र ११ गते बुधबार

छिपहरमाईमा कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षा आज ६ औं दिन १९२ विद्यार्थी सहभागी

 

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–भिस्वा स्थित श्री मंगल माध्यमिक विद्यालयमा कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षा आज ६ औं दिन भएको छ।विद्यालयका प्रधानाध्यापक दिनेश प्रसाद कुर्मीको विशेष उपस्थितिमा सुरु भएको उक्त परीक्षा मर्यादित र व्यवस्थित रूपमा सञ्चालन भइरहेको जनाइएको छ।

परीक्षामा कुल १९२ जना विद्यार्थी सहभागी रहेका छन्। विद्यालयमा हाल करिब १,२०० विद्यार्थी अध्ययनरत रहेका छन् भने २३ जना शिक्षक कार्यरत रहेको विद्यालय प्रशासनले जानकारी दिएको छ।

२००७ सालमा स्थापना भएको यस विद्यालयमा परीक्षा निष्पक्ष र मर्यादित बनाउन विशेष व्यवस्था गरिएको छ। सोहीअनुसार छिपहरमाई गाउँपालिकाका अन्य विद्यालयबाट समेत शिक्षकहरू खटाइएको छ।

छिपहरमाई गाउँपालिकाका शिक्षा शाखा प्रमुख विशाल गुप्ताले परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन अन्य विद्यालयका शिक्षकहरूको सहयोग लिइएको बताए। उनले परीक्षा शान्तिपूर्ण, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन भइरहेको समेत जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM