२०८२ चैत्र १४ गते शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टीको आयोजनामा निःशुल्क स्वास्थ्य शिविरबाट ३२५ जना लाभान्वित

 

जगरनाथपुर गाउँपालिका–१ पिंडारी गुठीस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको प्रांगणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ३२५ जना लाभान्वित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको आयोजना तथा उत्तम पोली क्लिनिक र लड्डु गोपाल फार्मेसीको प्राविधिक सहयोगमा युवा नेता बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा उक्त शिविर सम्पन्न भएको हो।

शिविरमा प्रमुख अतिथिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका मधेश प्रदेश संगठन विभाग प्रमुख प्रमोद सहनीको उपस्थिति रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिहरूमा मधेश प्रदेश शिक्षा विभाग प्रमुख सोनालाल पटेल, शिविर संयोजक शेषनाथ सिंह, डा. रञ्जित यादव, डा. दीपेश साह, डा. रामबाबु साह, डा. बबली प्रिया पाण्डे, डा. रामसुफल राम, डा. प्रघुमन चौधरी लगायतको सहभागिता रहेको थियो।

यसैगरी विशुनपुरवा प्रहरी चौकीका प्रमुख सई राजेश कुमार सिंह, भरत आचार्य, शिव साह कलवार, कृष्णा साह, मोहीलाल राउत गदी, पन्नालाल महतो कोइरी, बाली साह, फूलवा देवी, रामजी यादव, लालु महतो लगायत स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

शिविरमा आएका बिरामीहरूमध्ये २०५ जना पुरुष र १२० जना महिला गरी कुल ३२५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। चिकित्सक टोलीले बिरामीहरूको अवस्थाअनुसार आवश्यक परामर्श दिनुका साथै उपलब्ध औषधिमध्येबाट निःशुल्क औषधि समेत वितरण गरेको थियो।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच सहज बनाउन तथा विपन्न समुदायलाई राहत पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरले स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुर्‍याएको आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM