२०८३ बैशाख २ गते बुधबार

वीरगञ्जमा ‘जेन जी पर्सा’ गठन, महादेव प्रसाद कुर्मी संयोजक चयन

वीरगञ्जको आदर्शनगरस्थित आयोजित कार्यक्रममा ‘जेन जी पर्सा’ गठन गर्दै महादेव प्रसाद कुर्मीलाई संयोजक चयन गरिएको छ। मंगलबार आयोजित उक्त कार्यक्रममा करिब १०० जना जेन जी युवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख सल्लाहकार बिरेन्द्र कण्ठको संयोजकत्वमा ११ सदस्यीय समिति समेत गठन गरिएको जनाइएको छ। नवगठित समितिले युवाहरूको सशक्त सहभागिता र सामाजिक सक्रियता अभिवृद्धि गर्ने उद्देश्य लिएको बताइएको छ।

उक्त अवसरमा जेन सहिद असाब आलमका भाइ मुराद आलम तथा गम्भीर घाइते भएका रियाजुल हक मियाँलाई सम्मान गरिएको थियो।

कार्यक्रममा जेन जीका बिशाल पटेल, ग्यानेन्द्र मण्डल, यादव, प्रतीक पटेल, शेख मुम्ताज लगायतको उपस्थिति रहेको थियो भने सल्लाहकारहरूमा सुशील पटेल, रणदिप श्रीवास्तव, शेख जम्सेद, विजय पटेल लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा सयौँ युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण जावेद इकबाल हैदरले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM