मध्यरातमा पर्सा प्रहरीले वीरगञ्जमा सञ्चालनमा रहेका क्यासिनोहरूमा आकस्मिक छड्के अनुगमन गरेको छ। वडा प्रहरी कार्यालय विर्ता र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले शहरका प्रमुख तीन क्यासिनोमा एकैपटक छड्के जाँच गरेको हो।

प्रहरी टोलीले वीरगञ्जस्थित किङ क्यासिनो, सुरज होटलमा सञ्चालित क्यासिनो तथा सरोबर पोटिकामा सञ्चालनमा रहेका क्यासिनोहरूमा विस्तृत चेकजाँच गरेको थियो। अनुगमनका क्रममा क्यासिनो परिसर, खेल क्षेत्र तथा प्रवेशद्वारमा विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जाँचको मुख्य उद्देश्य नेपाली नागरिकको क्यासिनो प्रवेश रोकिएको कानुनी प्रावधानको कार्यान्वयन अवस्था बुझ्नु तथा अवैध गतिविधि नियन्त्रण गर्नु रहेको थियो।
अनुगमनका क्रममा कुनै पनि नेपाली नागरिक क्यासिनोभित्र फेला नपरेको प्रहरीले जानकारी दिएको छ। यसले क्यासिनो सञ्चालकहरूले नियमको पालना गरिरहेको प्रारम्भिक संकेत देखिएको प्रहरीको भनाइ छ।
प्रहरीले यस्ता छड्के अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ, जसले कानुनको प्रभावकारी कार्यान्वयनमा थप टेवा पुग्ने विश्वास गरिएको









