२०८३ बैशाख १ गते मंगलवार

साप्ताहिक दुई दिन बिदाले शैक्षिक कार्यघण्टामा असर पर्दैन : अधिवक्ता चन्द्रिका प्रसाद पटेल

 

बिरगंज स्कुल अफ लका सञ्चालक तथा अधिवक्ता चन्द्रिका प्रसाद पटेलले नेपाल सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयप्रति आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले गणितीय विश्लेषणसहित स्पष्ट पार्दै साप्ताहिक दुई दिन बिदाले शैक्षिक कार्यघण्टामा कुनै खास प्रभाव नपर्ने बताएका छन्।

पटेलका अनुसार वैशाख १५ देखि चैत १४ गतेसम्मको पठनपाठन अवधिमा जम्मा ४९ वटा आइतबार पर्छन्। तीमध्ये १६ वटा आइतबार सार्वजनिक बिदा, दशैं, तिहार, वर्षे तथा हिउँदे बिदासँग जुधेका कारण स्वतः कटौती भइसकेका छन्। यसरी हेर्दा ३३ वटा आइतबार मात्र प्रभावकारी रूपमा बाँकी रहने देखिन्छ।

उक्त अवधिमा ३४ वटा शुक्रबार पठनपाठन हुने दिनका रूपमा रहने उल्लेख गर्दै उनले शुक्रबार पूरा कक्षा सञ्चालन गर्दा प्रत्येक दिन आधा दिनको दरले थप १७ दिन बराबर पठनपाठन सम्भव हुने बताए। यस हिसाबले ३३ आइतबारमध्ये १७ दिन बराबर समायोजन हुँदा १६ दिन मात्र बाँकी रहने उनले जनाए।
उनका अनुसार ती बाँकी १६ दिनलाई वर्षे बिदाबाट घटाएर पठनपाठनमा समावेश गर्न सकिने भएकाले समग्र वार्षिक कार्यघण्टामा कुनै कमी नआउने निष्कर्ष निकाल्न सकिन्छ।

पटेलले अनावश्यक हल्ला र अपव्याख्याबाट बच्न आग्रह गर्दै तथ्यमा आधारित विश्लेषणलाई ध्यान दिन सबै सरोकारवालालाई अनुरोध गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM