२०८३ बैशाख २ गते बुधबार

भाजपा महिला मोर्चाद्वारा रक्सौलमा भव्य हस्ताक्षर अभियान सफल

 

भारतीय जनता पार्टी महिला मोर्चा संगठन जिल्ला रक्सौलद्वारा “नारी शक्ति वन्दन (बंधन) अभियान २०२६” अन्तर्गत आयोजना गरिएको मानव श्रृंखला तथा हस्ताक्षर अभियान सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा महिलाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

कार्यक्रम महिला मोर्चाकी सक्रिय नेत्री पार्वती तिवारी को नेतृत्वमा सम्पन्न भएको हो। यसलाई सफल बनाउन भाजपा संगठन रक्सौलकी उपाध्यक्ष अनुराधा शर्मा, जिल्ला मन्त्री मीरा कुशवाहा, महिला मोर्चा उपाध्यक्ष चन्दा श्रीवास्तव, मन्त्री नीता गुप्ता, आईटी सेल प्रभारी कविता कुशवाहा तथा हीरा देवी लगायतले महत्वपूर्ण योगदान दिएका थिए।

पदाधिकारीहरूको समर्पण, संगठन क्षमता तथा सक्रिय सहभागिताका कारण कार्यक्रम सफल मात्र नभई महिलाहरूमा जागरूकता र उत्साहसमेत वृद्धि भएको आयोजकले जनाएको छ। उक्त अभियानलाई महिला सशक्तीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

यस अवसरमा पार्वती तिवारीले भनिन्, “नारी अब केवल सहभागी मात्र होइन, परिवर्तनको आधारशिला हो। जब महिलाहरू संगठित भएर आफ्ना अधिकारका लागि अघि बढ्छन्, तब समाज मात्र होइन, राष्ट्रको दिशा नै परिवर्तन हुन्छ। रक्सौलको यो आवाज अब हरेक कुनासम्म पुग्नेछ—किनकि सशक्त नारी नै सशक्त भारतको पहिचान हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM