२०८२ कार्तिक २९ गते शनिबार
neelambads

नेपाल प्रिमियर लिगको सातौं खेलमा विराटनगर विजयी

काठमाडौं १९ मंसिर । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल)को सातौं खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको छ । लुम्बिनीले दिएको १९१ रनको लक्ष्यलाई विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर हासिल गरेको थियो ।
विराटनगरका लागि ओपनर लोकेश बमले सर्वाधिक रन बनाए । उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ७१ रन बनाए। मार्टिन गप्टिलले २८ रन बनाए भने बसिर अहमदले २३ बलमा ४० रन तथा क्रिस सोलले ४ बलमा १४ रन बनाए। लुम्बिनीका लागि दुर्गेश गुप्ताले तीन विकेट लिए भने साद बीन जाफर र रामोन सिमन्ड्सले समान दुर्ई दुर्ई विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिड्ढो निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए। उनले २९ बलमा दुर्ई छक्का र चार चौका प्रहार गर्दै ४६ रन बनाएका हुन। यस्तै, टम मूर्सले ३०, विवेक यादवले १९, अर्जुन साउदले १७ रनको योगदान लिए। लुम्बिनीका लागि आशुतोष घिरैया र साद बिन जफरले समान १५/१५ रन, सन्दीप जोराले १२, बेन कटिङले छ र रामोन सिमन्ड्सले दुर्ई रन बनाए। विराटनगरका लागि सनदीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान एक/एक विकेट लिए।
योसँगै विराटनगरले आफ्नो तेस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने लुम्बिनीले हारबाट शुरूवात गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

neelambads
neelambads

Live

Listen Live FM