२०८२ मंसिर २६ गते शुक्रबार

युवामा नकारात्मक सोच हावी– नगरप्रमुख सिंह

वीरगंज, २२ मंसिर । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले राजनीतिक नेतृत्वको स्वस्थ्य आलोचना गर्नुपर्ने बताएका छन् । शनिवार आयोजित सानो पाईलाको १८ औं स्थापना दिवस तथा छैठौं साधरणसभालाई सम्बोधन गर्दै मेयर सिंहले युवा पुस्तामा नकरात्मकताको सोच हाबी भएको दावी गरे । उनले जायज नाजायज सबै कुण्ठा फेसुबकमै पोख्ने गरेकोमा युवाहरु सजग हुनुपर्ने बताए । यसले समाजलाई सही बाटोमा नलग्ने बताए । आफुले चाहेको वा आफनो स्वार्थको हितमा भएन भने फेसबुकमा अरूलाई गाली गरेर कुण्ठा पोख्नु गलत हो ।’ अरूलाई अर्ति उपदेश दिन निक्कै सहज हुने तर त्यहि कूरा आँफुमा लागू गर्न गाह्रो हुने गरेको भन्दै मेयर सिंहले भने,‘ अरूलाई अर्ति उपदेश दिनुभन्दा पहिले त्यहि कूरा पहिले आँफैमा लागू गरेर अरूलाई अर्ति उपदेश दिदाँ राम्रो हुन्छ ।’ फेसबुकमा गाली गरेर मात्रै वीरगंज समृद्ध बन्न नसक्ने भन्दै मेयर सिंहले भने,‘यदि म मा त्रूटी छन् भने त्यो सच्याउन म तयार छु । मैले गरिरहेका काम कहिकतै कमजोरी भइरहेको छ भने सही सल्लाह र सुझाव मलाई आजको युवा पुस्ताले निरन्तर दिउन् भन्ने चाहन्छु ।’ राजनीति वा देशको नेतृत्व कसैलेपनि विरासतमा नपाउने भन्दै उनले त्यसका लागि लगनशील र धैर्य भएर जनताको विश्वास जित्नुपर्ने आवश्यक रहेको बताए ।वीरगंजलाई ‘बैेभव वीरगंज’ बनाउने आफनो अभियानमा साथ दिन उनले वीरगंजका युवा पुस्तालाई आहवानपनि उनले गरे । सानो पाइलाका अध्यक्ष सुदिप कुमार तामाङ लामाको अध्यक्षता तथा वीरगंजका मेयर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव,सानो पाइलाका संस्थापक कञ्चन झा, वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव राजपाल लगायतकाकोपनि सहभागीता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM