२०८२ कार्तिक २९ गते शनिबार
neelambads

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्साको प्रथम अधिवेशन सम्पन्न

अभिलाष गुप्ता वीरगंज, १२ चैत । ‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला तदर्थ समिति पर्साको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ।
शनिवार ठोरी गाउँपालिका–५, सुवर्णपुरको वडा कार्यालय सभा कक्षमा सम्पन्न अधिवेशनको अध्यक्षता जितु पाख्रिनले गरेका थिए । कार्यक्रममा ठोरी–५ का वडा अध्यक्ष अष्ट बहादुर लोप्चन, प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्ण प्रसाद गौतम, मधेश प्रदेश अध्यक्ष रूद्रसेन विश्वकर्मा, प्रतिष्ठानका सचिव बिनोद ढुंगेल, बारा अध्यक्ष देवेन्द्र कार्की, प्रदेश प्रतिनिधि विकास पाण्डे लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्ण प्रसाद गौतमले नेपाली लोकगीत तथा संस्कृतिको प्रवद्र्धनमा प्रतिष्ठानको भूमिका महŒवपूर्ण हुने बताए। मधेश प्रदेश अध्यक्ष रूद्रसेन विश्वकर्माले मधेशको भाषा, संस्कृति र बाजागाजाको संरक्षण प्रतिष्ठानको प्रमुख उद्देश्य रहेको उल्लेख गरे। वडा अध्यक्ष अष्ट बहादुर लोप्चनले स्थानीय कलाकारहरूको प्रतिभा उजागर गर्ने कार्यमा प्रतिष्ठानको भूमिका प्रभावकारी हुने बताए।
अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्षमा जित बहादुर पाख्रिन, उपाध्यक्षमा युवराज केशरी, महिला उपाध्यक्षमा गङ्गा तामाङ, सचिवमा विजय कुमार ठाकुर, सहसचिवमा सूर्यनारायण वि.क., कोषाध्यक्षमा बालेश्वर राय चयन भएका छन। त्यस्तै, सदस्यहरूमा आकाश कुमार पटेल, रिना देवी यादव र अनिता राम चयन भएका छन। साथै, सल्लाहकार समितिमा अशोक प्रधान, ध्रुवसिंह ठकुरी र अष्ट बहादुर लोप्चन रहेका छन। कार्यक्रमका दौरान सहभागी वक्ताहरूले नेपाली लोकसंस्कृति, विशेषगरी मधेश क्षेत्रका लोकबाजा र परम्परागत गीतहरूको प्रवद्र्धन आवश्यक रहेकोमा जोड दिएका थिए।
प्रतिष्ठानका सचिव बिनोद ढुंगेलले प्रतिष्ठानका भावी कार्यक्रमवारे जानकारी गराउँदै विभिन्न जिल्लामा शाखा विस्तार गर्दै लैजाने योजना रहेको बताए। प्रदेश प्रतिनिधि विकास पाण्डेले लोक गीत, नृत्य र संगीत प्रवद्र्धनका लागि प्रतिष्ठानको सक्रियता अझै बढाउनु पर्नेमा जोड दिए।
अधिवेशनले मधेश क्षेत्रका लोकगीत, बाजागाजा, भाका तथा परम्परागत सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै समृद्ध बनाउने प्रतिबद्धता जनाउँदै समापन गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

neelambads
neelambads

Live

Listen Live FM