२०८३ श्रावण १२ गते मंगलवार

गुरु पूर्णिमा महोत्सव : गुरु पूजा, ध्यान तथा भजन सन्ध्यामा श्रद्धालुको सहभागिता रहने

नेपालका प्रख्यात योग प्रशिक्षक चन्देश्वर प्रसाद साहको संयोजनमा वीरगञ्जमा भव्य आयोजना

वीरगञ्ज, साउन १३। द आर्ट अफ लिभिङ नेपाल (वीरगञ्ज) को आयोजनामा पवित्र गुरु पूर्णिमा महोत्सव यही बुधबार, साउन १३ गते (२९ जुलाई २०२६) साँझ ५:०० बजेदेखि ७:०० बजेसम्म वीरगञ्जको आदर्शनगरस्थित मारवाडी समाज सेवक संघ मा आयोजना हुने भएको छ। कार्यक्रमको संयोजन नेपालका प्रख्यात योग प्रशिक्षक तथा आर्ट अफ लिभिङका वरिष्ठ प्रशिक्षक चन्देश्वर प्रसाद साह (चन्देश्वर भैया) ले गर्दै हुनुहुन्छ।

आयोजकका अनुसार गुरु पूर्णिमा भारतीय आध्यात्मिक परम्पराको अत्यन्त पवित्र पर्व हो। यस दिन गुरुप्रति श्रद्धा, कृतज्ञता र समर्पण व्यक्त गर्ने विशेष अवसरका रूपमा मनाइन्छ। महोत्सवमा गुरु पूजा, सामूहिक ध्यान, भजन सन्ध्या तथा प्रसाद वितरण गरिनेछ, जसबाट सहभागीहरूले आध्यात्मिक शान्ति र आत्मिक आनन्दको अनुभूति गर्न सक्ने विश्वास गरिएको छ।

संयोजक चन्देश्वर प्रसाद साहका अनुसार गुरुदेव श्री श्री रविशंकर का प्रेरणादायी सन्देशबाट प्रेरित यस कार्यक्रमले व्यक्तिको जीवनमा सकारात्मक सोच, आन्तरिक शान्ति तथा मानवीय मूल्यहरूको प्रवर्द्धन गर्न सहयोग पुर्‍याउनेछ। उहाँले वीरगञ्ज तथा सीमावर्ती भारतीय सहर रक्सौलका श्रद्धालुहरूलाई परिवारसहित उपस्थित भई गुरु पूर्णिमा महोत्सवमा सहभागी हुन आग्रह गर्नुभएको छ।

आर्ट अफ लिभिङ परिवारका अनुसार कार्यक्रममा गुरु पूजासँगै भक्तिमय सङ्गीत, ध्यान तथा प्रसादको विशेष व्यवस्था गरिएको छ। यस कार्यक्रमले नेपाल–भारतबीचको सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम एक नजरमा :

  • मिति : २०८३ साउन १३ गते (२९ जुलाई २०२६), बुधबार
  • समय : साँझ ५:०० देखि ७:०० बजेसम्म
  • स्थान : मारवाडी समाज सेवक संघ, आदर्शनगर, वीरगञ्ज (नेपाल)

आयोजकले सम्पूर्ण श्रद्धालुहरूलाई समयमै उपस्थित भई गुरु पूर्णिमा महोत्सवलाई भव्य र सफल बनाउन अनुरोध गरेका छन्।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM