२०८३ आश्विन २१ गते बुधबार

२५ वर्षीय प्रेम राजकुमार चौबे सम्पर्कविहीन, खोजीका लागि परिवारद्वारा अपिल

२५ वर्षीय प्रेम राजकुमार चौबे सम्पर्कविहीन, खोजीका लागि परिवारद्वारा अपिल

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६, धुसुकपुर, नगवा निवासी २५ वर्षीय प्रेम राजकुमार चौबे सम्पर्कविहीन भएपछि परिवारले खोजी गरिदिन सबैमा अपिल गरेको छ।
राकेश कुमार चौबेका छोरा प्रेम राजकुमार चौबे २०८३ साल असोज २० गते राति करिब १०ः३० बजेदेखि परिवारको सम्पर्कमा नरहनुभएको बताइएको छ। उहाँ सम्पर्कविहीन भएपछि परिवारले खोजी गरिरहेको भए पनि हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।
उहाँ हराएको सम्बन्धमा उनका बुवा राकेश कुमार चौबेले जिल्ला प्रहरी कार्यालय, पर्सामा निवेदनसमेत दिएको बताइएको छ। परिवार तथा प्रहरीले उहाँको खोजीका लागि आवश्यक पहल गरिरहेको जनाइएको छ।
प्रेम राजकुमार चौबेको अवस्था वा हाल रहेको स्थानबारे कुनै जानकारी प्राप्त भएमा वा कतै देख्नुभएमा तत्काल ९८४५९४७८२१ वा ९८११८८३४९४ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।
परिवारले सामाजिक सञ्जालमार्फत उक्त सूचना धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्‍याइदिनसमेत आग्रह गरेको छ। सूचनालाई व्यापक रूपमा शेयर गर्दा सम्पर्कविहीन प्रेम राजकुमार चौबालाई परिवारसम्म फर्काउन सहयोग पुग्ने परिवारको अपेक्षा छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM