२०८३ आश्विन २१ गते बुधबार

राधिका जोशीको राजनीतिक यात्रा सुरु, ‘जय नेपाल पार्टी’को संस्थापक केन्द्रीय सदस्य बनिन

 

​लामो समयदेखि नेपालको सञ्चार क्षेत्रमा सक्रिय सञ्चारकर्मी राधिका जोशी (अनुपमा) अब औपचारिक रूपमा सक्रिय राजनीतिमा होमिएकी छिन् । १८ वर्ष लामो पत्रकारिता यात्रालाई गर्दै आएकी उनी नवगठित ‘जय नेपाल पार्टी’ मा आबद्ध भएकी हुन् । उनले पार्टीको संस्थापक केन्द्रीय सदस्य को महत्त्वपूर्ण जिम्मेवारी समेत ग्रहण गरेकी छिन् ।

​वि.सं. २०६४ सालमा सुदूरपश्चिमको दार्चुला जिल्लाबाट सञ्चार कर्मको सुरुवात गरेकी जोशीले करिब १६ वर्षसम्म काठमाडौँका विभिन्न एफएम रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यमहरूमा काम गरेकी छिन् । विशेष गरी काठमाडौँको टेलिभिजन पत्रकारितामा उनले राम्रो पहिचान र पकड जमाउन सफल भएकी थिइन् ।

​विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मिडिया सङ्गठनको कोषाध्यक्ष र पार्टीको केन्द्रीय प्रचारप्रसार विभागको सदस्यको रूपमा समेत कार्य गरिसकेकी जोशीले केही समय अघि डा. शमशेर राणाले राप्रपा परित्याग गरेसँगै आफू पनि सोही पार्टीको प्रचार विभाग सदस्य त्यागेर बाहिरिएकी थिइन् ।

​राप्रपाबाट अलग भएपछि जोशी अब ‘जय नेपाल पार्टी’ मार्फत खुलेरै सक्रिय राजनीतिमा आएकी हुन् । पत्रकारिता मार्फत समाज सेवा गर्दै आएकी उनले अब राजनीतिक माध्यमबाट देश र जनताको सेवा गर्ने अठोट व्यक्त गरेकी छिन् । ‘जय नेपाल पार्टी’मा उनलाई संस्थापक केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरिएको छ भने डा. धवल शमशेर राणाको प्रेस संयोजकको भुमिकामा पनि छिन् । यो सँगै पार्टीले उनको लामो सञ्चार अनुभवलाई भरपुर उपयोग गर्ने अपेक्षा राखेको जनाइएको छ ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM