२०८२ फाल्गुन ५ गते मंगलवार

मसल बैंक जिम क्लबद्वारा इफतार दावत

अभिलाष गुप्ता वीरगंज, १६ चैत । वीरगंजस्थित मसल बैंक जिम क्लबले इफतार दावत कार्यक्रम शनिवार गरेको छ । रमजानलाई आत्मसंयम, दया र एकताको महिनाको रूपमा लिइएको सन्दर्भमा आयोजित कार्यक्रममा अग्रज, साथीभाइहरू र अन्य सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । आयोजक मसल बैंक जिम क्लबले सहभागी सबैप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूको उपस्थितिले कार्यक्रमलाई थप उत्साहमय बनाएको बताएको छ । सहकार्य र सद्भावका यस्ता कार्यहरू आगामी दिनमा पनि निरन्तर रहिरहोस आयोजकको भनाइ छ । कार्यक्रमले समुदायमा एकता र भाइचाराको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका थिए

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM