२०८३ कार्तिक ८ गते शनिबार

छिपहरमाईका पूर्व गाविस अध्यक्ष कानुसहित २५ जना नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

 

पर्साको छिपहरमाई गाउँपालिकाका पूर्व गाविस अध्यक्ष गौरीशंकर प्रसाद साह कानुसहित २५ जना अगुवा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेमा छिपहरमाई गाउँपालिकाको प्रमुख पदका प्रत्याशी सन्दीप शाह कानुसहित गाउँपालिकाअन्तर्गतका अगुवा कार्यकर्ता रहेका छन्।

काठमाडौंस्थित नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नवप्रवेशीहरूलाई टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्।

स्थानीय तहमा राजनीतिक प्रभाव राख्ने पूर्व गाविस अध्यक्ष कानु र गाउँपालिका प्रमुख पदका प्रत्याशी शाहसहितका कार्यकर्ता पार्टीमा प्रवेश गरेपछि छिपहरमाई क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीको संगठन विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पार्टी प्रवेश गरेका २५ जना अगुवा कार्यकर्ताले आगामी दिनमा पार्टीको संगठन सुदृढीकरण तथा स्थानीय राजनीतिक गतिविधिमा भूमिका खेल्ने अपेक्षा गरिएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM