अभिलाष गुप्ता
बैशाख ०५ बिरगंज
सिटिजन बैंक इंटरनेशनलको १८ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।सिटिजन बैंक इंटरनेशनल द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बिरगंजको आदर्शनगर स्थित सिटिजन बैंक इंटरनेशनलको कार्यालयमा सम्पन्न भएको हो। बिरगंज रक्त संचार केन्द्र पर्सामा रगतको अभावलाई मध्य नजर गर्दै एवं आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथी सिटिजन बैंक इंटरनेशनलको मधेस प्रदेश प्रमुख नितेश खड्कीको आतिथ्यमा सम्पन्न भएको हो भने बिरगंज शाखा प्रमुखका अभय ठाकुरको अध्यक्षतामा एवं विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रममा ३ महिला सहित १८ जना रक्तदाताहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए । रक्तदान गर्नु हुनेमा लक्ष्मी श्रेष्ठ,अञ्जली कुमारी,सुभद्रा पाठक,रोशन सरार्त्फ,शिशिर जंग राणा,रवि गिरी,बिक्की सिंह,सम्सुल अन्सारी,नितेश खड्गी लगाएतकाहरुले आफ्नो अमुल्य रक्तदान गरेका छन।
बिरगंज युवा समाजका सस्थापक अध्यक्ष कमल चौगाई,नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताको विशेष उपस्थित रहेको थियोे।
सो रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र बिरगंजका प्रमुख सौरभराज पाण्डे प्राविधिक जितेन्द्र कुशवाहा, लिलाधर साह, नितेश साह लगायतका नेतृत्वको टोलीले रक्तदाताहरुलाइ रक्तदान गर्न सघाएका थिए।









