अभिलाष गुप्ता
बैशाख ०५ बिरगंज
बिरगंज जेसीजको सप्ताह ब्यापी महत्वाकांक्षी कार्यक्रम जेसीज सप्ताह २०२५ अन्तर्गतको पाचौं कार्यक्रम ” दलित बालबालिकाको लागि शैक्षिक सामाग्री सहयोग कार्यक्रम ” पर्सागढी नगरपालिका वडा न. ८ मा सम्पन्न भएकोछ । सो कार्यक्रम अन्तर्गत ५० जना दलिल बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । सृजनात्मक समाज फाउन्डेसन नेपाल एवम बिरगंज जेसीजको सहकार्यमा संचालित पर्सागढी वडा न. ८ मा संचालित दलित बालबालिकाहरुको लागि निशुल्क ट्युसन केन्द्रका संयोजक चन्द्र किशोर राम , वडा न. ८ का स्थानिय जनप्रतिनिधि एवम सामाजिक अगुवाहरुको उपस्थितिमा सो शैक्षिक सामाग्रीहरु बालबालिकाहरुलाई हन्तनान्तरण गरिएको थियो ।
उक्त कार्यक्रममा बिरगंज जेसीजको अध्यक्ष जेसी सरोज चौरसियाको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा बिरगंज जेसीजका पुर्व अध्यक्ष सिनेटर गणेशमान श्रेष्ठ ,पुर्व अध्यक्ष सिनेटर अशोक गुप्ता , पुर्व अध्यक्ष सिनेटर डा. अर्बिन्द श्रेष्ठ , बिरगंज जेसीजका कार्यसमिति सदस्यहरु , मनोनित पदाधिकारीहरु लगायतको उपस्थित रहेको थियो। कार्यक्रम संचालन बिरगंज जेसीजका महासचिव जेसी रबिन्द्र श्रेष्ठले गर्नु भएको थियो भने स्वागत मन्तव्य कार्यक्रम संयोजक जेसी रामानन्द चौधरीले गरेका थिए ।









