२०८३ बैशाख ३ गते बिहीबार

उपकार सेवा नेपाल एवं गौतम स्कुल द्वारा विभिन्न स्वास्थ्य संस्थामा १० थान पन्खा सहयोग

 

अभिलाष गुप्ता
बैशाख ०५ बिरगंज

उपकार सेवा नेपाल द्वारा विभिन्न स्वास्थ्य संस्थामा पन्खा सहयोग गरेको छ। बिरगंजका समाजिक संस्था उपकार सेवा नेपाल द्वारा पोखरिया अस्पतालमा ७ थान, रानिगन्ज आयुर्वेद औषधालयमा २ थान र लमरिया स्वास्थ चौकीमा १ थान गरि जम्मा १० थान पंखा हस्तान्तरण गरिएको उपकार सेवा नेपालकी अध्यक्ष बिध्या कुमारी सरावगीले बताईन।

गौतम स्कुल द्वारा पाँच थान र उपकार सेवा नेपालको पाँच थान गरि उक्त सहयोग गरिएको हो। कार्यक्रममा पोखरिया अस्पतालका मेसु डा. आनन्द रौनियार ,कबिराज निरीक्षक धिरेन्द्र सिह, अवधेश मिश्रा, नेता एवं समाजसेवीहरु ,प्रकाश थारु, जनमतका जिल्ला अध्यक्ष एवं समाजसेवी ओमप्रकाश सरार्फ, अमर सरार्फ लगायतको उपस्थिति रहेको थियो।उपकार सेवा नेपालले समाजिक कार्यमा आफ्नो छुट्टै अहिचान बनाउन सफल संस्था मधेको एक संस्था हो। यो संस्थाले विभिन्न समय समयमा गरिब असहायहरुको लागि केही न केही गरिरहेको हुन्छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM