२०८३ बैशाख ४ गते शुक्रबार

मानवसेवा आश्रम वीरगञ्ज सेवाकेन्द्र द्वारा शारीरिक रूपमा कमजाेर १ जना पुरूषकाे उद्धार

 

अभिलाष गुप्ता
बैशाख ०५ बिरगंज

 

शारीरिक रूपमा कमजाेर १ जना पुरूषकाे मानवसेवा आश्रम वीरगञ्ज सेवाकेन्द्रले उद्धार गरेकाे छ । शुक्रबार ४५ वर्षीय संजयकुमार मानवलाई वीरगञ्ज महानगरपालिका-१२ पर्साकाे सडकपेटीमा बेवारिसे अवस्थामा फेला पारेपछि प्रहरीकाे समन्वयमा उद्धार गरिएकाे हाे ।

शारीरिक रूपमा कमजाेर उहाँकाे वीरगञ्ज सेवाकेन्द्रकाे संरक्षणमा राखेर उपचार गरिने भएकाे छ । परिवार सम्पर्कमा आए पारिवारिक पुनर्मिलन समेत गरिने वीरगञ्जकि मुना पुलामी मगरले जानकारी गराएकी हुन।

मानवसेवा आश्रम विगत १२ वर्षदेखि खुला सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन गराउँदै आएको एक गैरनाफामूलक सामाजिक संस्था हाे ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM