२०८३ बैशाख २ गते बुधबार

दुर्गा पुजा सेवा समिति रानीघाट द्वारा २४ औं बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता
बैशाख ०६ बिरगंज

दुर्गा पुजा सेवा समिति रानीघाट द्वारा २४ औं बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रमको प्रमुख अतिथी समाजसेवी राकेश कुश्वाहाको आतिथ्यमा एवं दुर्गा पुजा सेवा समिति रानीघाटका अध्यक्ष शतिश सिंह राजपुतको अध्यक्षमा सम्पन्न भएको हो। उक्त कार्यक्रममा विशिष्ट अतिथि
बिरगंज महानगरपालिका वडा न.९ का अध्यक्ष जवार प्रसाद गुप्ता,दिनानाथ रौनियार,नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाका बृजकिशोर पटेल,लालबाबू सिंह,कन्हैया पटेल,हरेन्द्र बाबा लगाएतकाहरुको उपस्थिति रहेको थियोे।

उक्त रक्तदान कार्यक्रममा ३९ जना रक्तदाताहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए।उक्त रक्तदान कार्यक्रममा आफ्नो अमुल्य रक्तदान गर्नु हुनेमा मुकेश ठाकुर,साजन कुमार सिंह,मुकेश राम,शिकलाल महतो,कृष्ण कृ. कलवार,बिराज साह,राजेश्वर कुसवाह,नवीन साह,निरञ्जन कानु,अब्दुल सलाम हवारी,चन्दन सिंह राजपूत,उदित्य कलवार रहेका थिए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका अभिलाष गुप्ताको विशेष उपस्थिति रहेको थियोे।
नेपाल रक्त संचार केन्द्र बिरगंजका प्रमुख सौरभाराज पाण्डे,नितेश यादव,नमित चौरसिया लगाएतकाहरुले प्राबिधिक सहयोग गरेका थिए।कार्यक्रम संचालन संचारकर्मी प्रनय कुमार साहले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM