राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गर्दै आएको ‘हामी आउँदै छौँ’ कार्यक्रम पर्साको पटेर्वा सुगौली गाउँपालिका–४, सुगौलीमा भव्य रूपमा सम्पन्न भएको छ। गाउँपालिका सभापति कविता चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा रास्वपाका केन्द्रीय प्रतिनिधिद्वय माननीय प्रमोद महतो र माननीय उमरकान्त चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा पार्टीका जिल्ला प्रतिनिधि, क्षेत्रीय सभापति, पालिका समिति तथा वडा समितिका पदाधिकारी, स्थानीय नेता–कार्यकर्ता र ‘घण्टी मित्र’हरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले पार्टीको संगठन विस्तार, स्थानीय तहमा जनसम्बन्ध सुदृढ बनाउने तथा जनताका समस्यालाई प्राथमिकताका साथ उठाउने विषयमा चासो व्यक्त गरेका थिए।
रास्वपाले सञ्चालन गरिरहेको ‘हामी आउँदै छौँ’ कार्यक्रमलाई स्थानीयस्तरमा पार्टीको उपस्थिति बलियो बनाउने, नेता–कार्यकर्ता तथा समर्थकबीच आपसी समन्वय बढाउने र नागरिकसँग प्रत्यक्ष संवाद स्थापित गर्ने उद्देश्यसँग जोडेर हेरिएको छ।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिताले पटेर्वा सुगौली क्षेत्रमा पार्टीका गतिविधिप्रति चासो बढेको संकेत गरेको आयोजक पक्षले जनाएको छ। यस्ता कार्यक्रममार्फत पार्टीको संगठनलाई थप सक्रिय बनाउँदै स्थानीय जनतासँग नजिक भएर काम गर्ने प्रयास भइरहेको बताइएको छ।
कार्यक्रमबारे जानकारी दिँदै युवा नेता राजकुमार साहले जिल्ला, क्षेत्र, पालिका तथा वडा तहका प्रतिनिधि र स्थानीय नेता–कार्यकर्तासहित ‘घण्टी मित्र’हरूको सहभागितामा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको बताए।
























