२०८३ बैशाख ४ गते शुक्रबार

‘सुरक्षित वीरगंज’ अभियान अन्तर्गत सार्वजनिक सुरक्षा सुदृढ गर्न सिसि क्यामेरा विस्तार

 

अभिलाष गुप्ता
बैशाख ६ बीरगंज

बीरगंज का लागि नगरभित्रका १६ वटा बैंकले संयुक्त रूपमा १७ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका छन् ।यस अभियानमा सबैभन्दा ठूलो योगदान नबिल बैंकले ३ लाख रुपैयाँको सहयोगमार्फत गरेको छ । सहयोग संकलनको समन्वय नेपाल बैंकर्स एसोसिएसन पर्साका संयोजक तथा लक्ष्मी बैंक वीरगंज शाखाका प्रमुख रोहिणी आचार्यले गर्नु भएको थियो ।

महानगर प्रमुख राजेशमान सिंहको आह्वानमा ‘सुरक्षित वीरगंज’ अभियानमा सहयोग गर्न बैंकहरू एकजुट भएका हुन् । सुरक्षा प्रविधिको प्रयोगद्वारा वीरगंजलाई सुरक्षित र व्यवस्थित शहर बनाउने उद्देश्यले गरिएको यो पहलमा बैंकहरूको योगदान प्रेरणादायक भएको नगर प्रमुख सिंहले बताउनुभयो ।महानगरपालिकाको पहल एवं सेफर वीरगंज र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा संकलित रकमबाट वीरगंजका विभिन्न स्थानमा थप नयाँ क्यामेरा जडान गरिने महानगर प्रमुख सिंहले जानकारी दिनुभयो ।

सिसि क्यामेराले शहरी सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले उक्त अभियानको प्रशंसा गर्नुभयो । सोमबार एक कार्यक्रमकाबीच बैंकहरुले उपलब्ध गराएको सहयोग महानगर प्रमुखको रोहबरमा सेफर वीरगंजलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM