२०८२ फाल्गुन ३० गते शनिबार

सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हेड क्वाटरमा आँखा शिबिर सम्पन्न

 

अभिलाष गुप्ता
बैशाख ०८ बिरगंज

सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हेड क्वाटरमा आँखा शिबिर सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपालको १८औं स्थापना दिवसको अवसरमा बाराको उत्तरझिटकैयामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हेड क्वाटरमा आँखा शिबिर सम्पन्न भएको छ । किरण आँखा अस्पतालको सहयोगमा भएको सो शिबिरमा १० जना महिला सहित ९० जना सुरक्षाकर्मीको आँखा परिक्षण भएको किरण आँखा अस्पतालका संचालक डा.अमर क्यालले जानकारी दिनुभयो ।

उक्त शिबिरमा निशुल्क औषधी समेत बितरण गरिएको डा. क्यालको भनाई छ । शिबिरमा नेत्र बिशेषज्ञ ज्योति कर्ण तथा पुष्पा सरार्फ त्यसैगरी नेत्र सहयोगी कमलेश महतो,बिकास मण्डल तथा रामबाबु चौरसियाले प्राबिधिक सहयोग गरेका थिए ।किरण आँखा अस्पतालले समय समयमा निशुल्क आँखा शिबिरको कार्यक्रम गर्दै आएकोले यस्तो कार्यले आम जनमानसमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीले बताएका हुन। यस्तो मानवसेवाको कार्य गरेकोमा किरण आँखा अस्पतालका संचालक डा.अमर क्याल लाई शुभकामना ब्यक्त समेत गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM