२०८३ बैशाख ४ गते शुक्रबार

एमाले बिरगंज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

 

अभिलाष गुप्ता
बैशाख ०९ बिरगंज

नेपाल कम्युनिस्ट पार्टी एमाले बिरगंज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मंगलबार बिहान साढे ९ बजेदेखि नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको निर्वाचन अध्यक्ष बिचारी यादवले बताए ।

निर्वाचन बिरगंजको घन्टाघर स्थित क्लासिक बनक्युटमा जारी रहेको छ । उनका अनुसार यो मतदान दिउँसो २ बजेसम्म चल्नेछ । नोमिनेशन भएको ११ दिन पश्चात् बिरगंज महानगर कमिटीको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै छ । नोमिनेशनकै दिन कर्फ्यु लागेपछि निर्वाचन स्थगन गरिएको थियो ।

गएको ३० गते महानगरको कमिटी नयाँ नेतृत्वको चयनका लागि नोमिनेशन भएको थियो । ८३ पदका लागि निर्वाचन हुँदै छ । अध्यक्ष पदमा २ जना, उपाध्यक्षमा २ जना, सचिवमा ४ जना र उपसचिवमा ४ जनाको उम्मेदवारी परेको जानकारी गराएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM