२०८२ फाल्गुन ५ गते मंगलवार

बाराको अमलेखगन्जबाट काठमाडौं जाँदै गरेको टाटा सुमोबाट प्रहरी द्वारा लागूऔषध बरामद

 

अभिलाष गुप्ता
बैशाख ०९ बिरगंज

बाराको अमलेखगन्जबाट काठमाडौं जाँदै गरेको टाटा सुमोबाट प्रहरीले लागूऔषध बरामद गरेको छ। अमलेखगन्जबाट काठमाडौंतर्फ जादै गरेको मधेश प्रदेश ०३-००१ ज ४५१ नम्बरको सुमोलाई हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेमा चेकजाँच गर्ने क्रममा नियन्त्रित लागूऔषध वानरेक्स एक सय एमएलको २ सय २५ बोतल फेला परेको प्रहरीले जनाएको छ।

लागूऔषध सहित पर्साको बहुदरमाई नगरपालिका-९ बस्ने २४ वर्षीय मुमताज मियालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले सुमोलाई चेकजाँच गर्ने क्रममा सुमोको हुडको भागमा स्पेर टायर राखी सो टायर माथी र टायर भित्र प्वाल पारी लुकाई छिपाई राखिएको उक्त लागूऔषध फेला पारी सुमो चालक मुमताजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM