२०८३ असार १० गते बुधबार

परवानीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु एकजना घाइते

 

प्रहलाद चौरसिया
बैशाख ०९, वीरगन्ज

पर्साको वीरगन्ज महानगरपालिका वडा नं २१ परवानीपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। भने एकजना घाइते भएका छन्।

मङ्गलवार दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर स्थित ना ६ ख ७६०९ नम्बरको ट्रकले मधेस प्रदेशको प्रदेश २–०३–०२१ प ६३०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक परवानीपुर चोक निवासी प्रदीप गुप्ता रहेका छन्।

यस्तै सोहि दुर्घटनाको समयमा उक्त ट्रकले मधेस प्रदेश ०३–००१ द ००५१ नम्बरको ट्रयाक्टरलाई समेत ठक्कर दिएको थियो प्रहरीले जनाएको । उक्त दुर्घटनामा ट्याक्टर चालक गम्भीर घाइते भएका छन् भने उनको उपचार बाराको नौतन स्थित एल एस न्युरो अस्पतालमा भईरहेको छ।

ठक्कर दिएर भागिरहेको ट्रक र चालकलाई परवानीपुर प्रहरी चौकीले नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM