२०८२ पुष १ गते मंगलवार

बाराबाट ६ किलो चाँदीको पायल बरामद

 

अभिलाष गुप्ता
बैशाख १० बिरगंज

 

बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.– १ पथलैया चोकबाट प्रहरीद्वारा ठूलो मात्रामा चाँदीका गहना बरामद गरेको छ। उक्त बरामद चाँदी एक यात्रुबाहक बसबाछ बरामद गरेको हो ।प्रहरी चौकी पथलैयाबाट प्र.स.नि अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंजबाट तुलसीपुर दाङ जाँदै गरेको बागमती प्रदेशको ३२५६ नम्बरको बसलाई मंगलबार साँझ साढे पाँच बजेतिर रोकी जाँच गरेको थियो।

जाँचका क्रममा बसको क्याभिनभित्र सिटमुनि टेपले बेरेर राखिएको कार्टुन शंकास्पद देखिएपछि प्रहरीले खोलेर हेर्दा विभिन्न किसिमका चाँदी जस्तो देखिने रेडिमेड गहना फेला परेका हुन्।बरामद गरिएको गहनाको तौल ६ किलो रहेको छ भने अनुमानित मूल्य १० लाख ८० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

उक्त वेवारिसे चाँदीका गहनासहित बसलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रकृया अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM