२०८२ फाल्गुन ३० गते शनिबार

नवनिर्वाचित स्ववियुका पदाधिकारी र सदस्यहरु द्वारा मानव सेवा आश्रममा अवलोकन एवं भ्रमण सम्पन्न

 

अभिलाष गुप्ता
बिरगंज १० बैशाख

 

नवनिर्वाचित स्ववियु सभापति राजकुमार यादवसहितको टोलीले मानव सेवा आश्रमको अवलोकन गरेको हो । प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका नेता श्याम पटेलसंगै स्ववियु पदाधिकारी र सदस्यहरुको टोलीले मानव सेवा आश्रमको अवलोकन भ्रमणका क्रममा त्यहाँ रहेका भौतिक संरचना, त्यहाँ आश्रित लक्ष्मीनारायण (सडकबाट उद्धार गरिएका) हरुको अवस्था, उनिहरुको खानपान र बसोबासको प्रबन्ध ,स्वास्थ्य अवस्थालगायतका बारेमा जानकारी लिए ।

त्यसक्रमा मानव सेवा आश्रम वीरगन्ज शाखाका संस्थापक देवेश गुप्ता, संरक्षक एंव सामाजिक अभियन्ता प्रकाश थारु लगायतले आश्रमको अवलोकनमा आएकाहरुलाई स्वागतपनि गरेका थिए ।अवलोकनका क्रममा प्रदेश सभा सदस्य पटेल र स्ववियु सभापति यादवले आश्रमको संरक्षणमा रहेका सडकबाट उद्धार गरिएकाहरुको लागि आँफुहरुका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यसअवसरमा नेपाली कांग्रेसका नेता बैकुण्ठ श्रीवास्तव, नेविसंघका केन्द्रिय सदस्य मुनराज तिवारी, स्ववियु उपसभापति राहुल दास, सचिव मन्दिरा चौधरी, सह–सचिव पुष्पराज यादव, कोषाध्यक्ष अंकित पटेल, सदस्यहरु अमित पटेल, दिपिका भण्डारी, श्याम महतो,आयुष श्रीवास्तव,वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई लगायतकाकोेपनि उपस्थिती थियो ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM