२०८२ कार्तिक २९ गते शनिबार
neelambads

बिरगंजको ओम हस्पिटल नयाँ भवनबाट मल्टी स्पेसियालिटी अस्पतालको रूपमा सञ्चालनमा

अभिलाष गुप्ता
बैशाख १० बिरगंज

बिरगंज स्थित ओम हस्पिटलले आफ्नो स्थापनाको ८ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको विशेष अवसरमा नयाँ भवनबाट सेवा विस्तार गरेको छ ।बिरगंज ओम हस्पिटल अब १५ शय्याको अत्याधुनिक मल्टी स्पेसियालिटी अस्पतालको रूपमा बिरगंज महानगरपालिका–१५ भिसवाको नेशनल मेडिकल कलेज जाने बाटोमा सञ्चालनमा आएको छ ।विगत ८ वर्षमा विशिष्ट र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेर सेवाग्राहीहरूको मन जित्न सफल वीरगञ्ज ओम हस्पिटलले नयाँ भवनबाट थप सुविधा, विशेषज्ञ सेवा, र जटिल उपचारहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।

अस्पतालका सञ्चालक तथा प्रख्यात स्त्री र प्रसूति रोग विशेषज्ञ प्रा. डा. जगत् दीपले नयाँ भवनबाट अस्पतालले मल्टी स्पेसियालिटी सेवासहित जटिल रोगहरूको उपचारमा नयाँ आयाम थप्ने बताए । “हामीले विगत ८ वर्षमा गुणस्तरीय सेवा प्रदान गरेर वीरगञ्ज र आसपासका बासिन्दाहरूको विश्वास जितेका छौँ । नयाँ भवनमा स्थानान्तरणसँगै हामीले अस्पतालको क्षमता र सेवालाई थप विस्तार गरेका छौँ,” डा. जगत् दीपले भने, “यसअघि मुख्य रूपमा महिलाहरूका लागि विशेष अस्पतालको रूपमा सञ्चालित अस्पताल अब स्त्री र प्रसूति रोगसँगै बाल रोग, हाड जोर्नी तथा नशा सम्बन्धी रोग, र अन्य जटिल रोगहरूको उपचार सुविधा प्रदान गर्ने मल्टी स्पेसियालिटी अस्पतालको रूपमा स्थापित भएको छ ।”
नयाँ भवनको उद्घाटन वरिष्ठ चिकित्सक प्रा. डा. प्रमोद कुमार सर्राफ र डा. जगत् दीप पटेलले संयुक्त रूपमा गरेका थिए ।

यसअघि वीरगञ्ज महानगरपालिका–३ नापी कार्यालय नजिकै सञ्चालित अस्पतालले छोटो समयमै स्थानीय समुदायको विश्वास आर्जन गरेको थियो । नयाँ भवनमा स्थानान्तरणसँगै अस्पतालले आफ्नो सेवा र सुविधालाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ । “हाम्रो लक्ष्य भनेको बिरामीहरूलाई घर नजिकै उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हो । जटिल रोगहरूको उपचार र ल्याप्रोस्कोपी शल्यक्रियाका लागि अब बिरामीहरूलाई अन्यत्र जानुपर्ने बाध्यता कम हुनेछ,” डा. जगत् दीपले भने ।

अस्पतालको विस्तारले वीरगञ्ज र आसपासका क्षेत्रका बासिन्दाहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । विशेष गरी क्यान्सर उपचार सेवा, जटिल ल्याप्रोस्कोपी शल्यक्रिया, र प्याकेज सुविधाले बिरामीहरूलाई आर्थिक र मानसिक रूपमा ठूलो राहत प्रदान गर्ने विश्वास गरिएको छ । उद्घाटन समारोहमा स्थानीय समुदाय, स्वास्थ्यकर्मीहरू, र अन्य गन्यमान्य व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो ।

विगत ८ वर्षको यात्रामा ओम हस्पिटलले प्रदान गरेको विशिष्ट सेवाले वीरगञ्जमा स्वास्थ्य सेवाको स्तरलाई माथि उठाउन महत्त्वपूर्ण योगदान दिएको छ । नयाँ भवनबाट सञ्चालित मल्टी स्पेसियालिटी अस्पतालले वीरगञ्जलाई स्वास्थ्य सेवाको हबको रूपमा स्थापित गर्ने दिशामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । प्रा. डा. जगत् दीप पटेलको नेतृत्वले ओम हस्पिटलले आगामी दिनहरूमा थप सफलता हासिल गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

neelambads
neelambads

Live

Listen Live FM