२०८२ फाल्गुन ५ गते मंगलवार

४ लाख रुपैयाँको लागुऔषध सहित बाराका २ जना पक्राउ

 

अभिलाष गुप्ता
बैशाख ११ बिरगंज

मकवानपुर प्रहरीले रातोमाटेबाट ४ लाख रुपैयाँभन्दा बढीको लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–१५ रातोमाटेस्थित प्रहरी चौकीबाट खटिएको टोलीले बिहीबार बिहान साढे ९ बजे पूर्व पश्चिम लोकमार्गको रातोमाटे चेक प्वाइन्टमा सवारी जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध बरामद गरेको हो।पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–७ बेनौलीका २५ वर्षीय तीर्थलाल पासवान र सोही ठाउँका २३ वर्षीय सह–चालक सुनिल पटेल रहेका छन्। उनीहरू मधेस प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीमा बाराको सिम्ररौनगढबाट हेटौँडातर्फ आउँदै थिए।

प्रहरीले शंका लागेर गाडीको खानतलासी गर्दा अगाडिको इन्जिन भएको भागमा लुकाई राखिएको ५ हजार ७५० थान ५७ हजार ५०० क्याप्सुल ट्रामाडोल बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। बरामद भएको लागुऔषधको बजार मूल्य प्रति पत्ता ७२ रुपैयाँका दरले ४ लाख १४ हजार रुपैयाँ हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM