२०८३ बैशाख ४ गते शुक्रबार

वीरगञ्जमा सशस्त्र प्रहरीले १५ लाखभन्दा बढी मूल्यको औषधि र सवारीसाधन नियन्त्रणमा

 

अभिलाष गुप्ता
वीरगञ्ज १२ बैशाख

सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याइएको करिब १५ लाख ६० हजार रुपैयाँ बराबरको औषधि र सवारीसाधन नियन्त्रणमा लिएको छ।स.प्र.ना.उ. लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२४, रामगढवा स्थित वीरगञ्ज पाठशाला अगाडिको सडकबाट अवैध रुपमा ल्याइएको सामान नियन्त्रणमा लिएको हो।

प्रहरीले दिएको जानकारी अनुसार, ना.२ स.१०१७ नम्बरको अटोमा लोड गरिएको Lycopene with Multivitamin & Multiminerals Capsule (NUTRI-CURE) ब्राण्डको १० वटा कार्टुनमा प्याक गरिएका ४८० डब्बा (४,८०० पत्ता) औषधिहरू बरामद गरिएको छ।

यससँगै उक्त अटो चालक वीरगञ्ज–२५, सिर्सिया गाउँका ३६ वर्षीय अमृत साह कानु, साथै उक्त कार्यमा संलग्न HERO कम्पनीका दुई मोटरसाइकलहरू – सिल्वर रङको BR05AR2690 GLAMOUR र कालो रङको BR05AM6462 HERO SPLENDOR समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

अनुसार, अटो र मोटरसाइकलहरूको संयुक्त मूल्य ६ लाख रुपैयाँ र बरामद औषधिको अनुमानित मूल्य ९ लाख ६० हजार रुपैयाँ रहेको छ। नियन्त्रणमा लिइएका व्यक्तिसहित सम्पूर्ण बरामद सामानहरूलाई आवश्यक कानुनी कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM